फलोअप : हेटौंडामा पक्राउ परेका मुक्तिनाथ काठमाडौं पठाईयो

अखबार हब
२०७९ असार २७, सोमबार १३:२८

मकवानपुर । लेनदेनको मुद्धामा हेटौंडाबाट पक्राउ परेका मुक्तिनाथ पण्डितलाई काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ । सोमबार पण्डितलाई जिल्ला अदालत काठमाडौं पठाइएको हो ।

लेनदेनको मुद्धामा काठमाडौं जिल्ला अदालतले २०७६ बैशाख १६ गते उनलाई २ वर्ष कैद सजाय र २४ लाख बिगो भराउन आदेश दिएको थियो । फरार पण्डितले मनमैजु नगरपालिका वडा नं. ७ बस्ने कृष्ण महर्जनलाई ठगि गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पण्डितलाई उक्त सजाय सुनाएको थियो ।

फरार प्रतिवादी पण्डितलाई शुक्रबार अखबार हवको टिम र पीडितको सहकार्यमा हेटौंैडा–४ अजरअमर रोडमा फेला पार्न सफल भएका थियौंं र सो विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गराए सँगै पण्डित पक्राउ परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*