हेटौंडामा सवारी दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
बिहीबार दिउँसो हेटौंडा – ५ राधाकृष्ण मन्दिर नजिकै भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ फुर्केचौरका २५ वर्षीय विशाल थापा रहेको जिलला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, दिउँसो क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९९ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर बागमती प्रदेश ०३–००४ प १५९९ नम्वरको मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडास्थित सान्चो अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त दुर्घटनामा ना ५१ प ७३५९ नम्वरको मोटरसाइकलका चालक २५ वर्षीय लक्षमण आचार्य र हेटौंडा–१८ का २३ वर्षीय सुमन थापा घाईते भएका छन् । उनीहरुको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भईरहेकोे जनाइएको छ ।







