हुप्राचौरमा व्यवसायीक भवनको काम अघि नबढाउन राप्रपाको आग्रह

अखबार हब
२०७९ असार १४, मंगलवार २२:०५

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई वडा नम्बर–४ हुप्राचौरमा भ्युटावर सहितको व्यवसायीक भवन निर्माणको काम अघि नबढाउन आग्रह गरेको छ । ४७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको १३ तले भवनले हेटौंडालाई थप कुरुप बनाउने भन्दै भवनलाई स्थान्तरण गर्न राप्रपाले माग गरेको हो ।

मंगलबार (आज) राप्रपाले हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टी मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापासहितको टोलीले विभिन्न ६ वटा मागसहित उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले सो विषयमा जानकारी दिने उद्देश्यले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानेले हुप्राचौर मास्दै बहुउद्देश्यीय भवन बनाउन नहुने बताए ।

हेटौंडा बजार क्षेत्रमा बढ्दो शहरी करणले खुला ठाउँ नभएको भन्दै उनले खुला हुप्राचौर मास्न नहु्ने बताए । उनले आजै राप्रपा मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीक भवनको काम अघि नबढाउन अनुरोध गरिएको बताए । उनले उक्त हुप्राचौरमा बन्ने लागेको भवन हेटौंडा अस्पतालको परिसरमा निर्माण स्थानान्तरण गर्न र उक्त भवन हेटौंडा अस्पताललाई हस्तान्तरण गर्न माग गरे ।

यसैगरि,राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दिप सापकोटाले हेटौंडा–४ हुप्राचौरमा स्व श्री ५ महाराजधिराज बिरेन्द्र वीर बिक्रम शाहदेवको शालिकको मर्मत सम्भार गरी बाटिका व्यवस्थापन गर्दै सर्वसाधरणको लाग सहज हुनेगरि खुला गरिनुपर्ने बताए ।

यसैगरि हेटौंडा अस्पताललाई सम्पूर्ण विशेषज्ञ सहित ५०० शैयाको अस्पताल निर्माण तथा संचालन गर्न आवश्यक पुर्वाधार तथा अन्य सहयोग उपलब्ध गराउन र महिलाहरुको स्तन तथा पाठेघर र पुरुषहरुमा देखिने फोक्सो लगाएतका क्यान्सरहरुको निःशुल्क उपचार गर्नुपर्ने राप्रपाको माग छ । मागहरु सम्बोधन नभए शसक्त आन्दोलन र विरोधको कार्यक्रमहरु सार्वजनिक गरि संघर्षमा उत्रिन बाध्य हुने समेत राप्रपा मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*