बालुवाटारको एक भवनमा आगलागी

अखबार हब
२०७९ असार १५, बुधबार ०९:५०

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपालो कार्यालयमा आगलागी भएको छ। बिहान ७ बजेदेखि लागेको आगो दमकलको सहायताले आगो निभाउने काम जारी छ।

आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए।

सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो। तर, त्यसले काम नगरेपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ।

नेपाल प्रहरीको वाटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकरको पानीले भवनमा लागेको आगो निभाउने प्रयास भइरहेको एसपी मैनालीले बताए।

आगलागीका कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*