आज यी क्षेत्रमा बाढीको खतरा

अखबार हब
२०७९ असार १५, बुधबार १०:००

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्योसँगै बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज मधेस प्रदेशलगायत तराईका जिल्ला भई बहने साना नदी र डुबान भइरहने होचा स्थानमा बढीको उच्च जोखिम छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज र भोलि नारायणी र यसका सहायक नदीहरू सेती, कालीगण्डकी, मादी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्नेछ । यी नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने र बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

आज झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, मधेस प्रदेशका सबै जिल्ला भई बहने नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

यस्तै, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लमजु, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने अधिकांश साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान बुलेटिन बढ्नोस्–

 

यसमा तपाइको मत

Your email address will not be published.


*