समाज/राजनीति
सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छः ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको दावी गरेका हुन् ।...
एमाले धादिङको अध्यक्षमा त्रिपाठी
धादिङ। एमाले धादिङको आठौं जिल्ला अधिवेशनले भूमिप्रसाद त्रिपाठीको अध्यक्षतामा एक सय पाँच सदसीय कमिटी सहमतिमा चयन गरेको छ । अध्यक्ष त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा वहाल छन् । शुक्रबार धादिङवेसीस्थित मदन आश्रित भवनको प्रांगणमा नेकपा एमाले केन्द्रीय लेखा आयोजका अध्यक्ष पुष्पराज कडेंलले पानसमा बत्ती बालेर...
एमाले जिल्ला अधिवेशन : ३७ जिल्ला र २ गैरभौगोलिकको नेतृत्व चयन (सूचीसहित)
काठमाडौं । एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते सुरु भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका...
कुन उम्मेदवारले के पाए निर्वाचन चिह्न ?
काठमाडौं । राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने...
कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित
कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक–पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्यक्ष एवं अध्यक्षका उम्मेदवार रतन थापा र अध्यक्ष पदका अर्का उम्मेदवार...
सर्वसम्मतिको नाममा केन्द्रीयता लादियो : बद्री लम्साल
मकवानपुर । सर्वसम्मतिको नाममा एकलौटी ढंगबाट नेतृत्व चयन गरिएको भन्दै एमाले मकवानपुरका अध्यक्षका उम्मेदवार बद्रीप्रसाद लम्सालले आपत्ति जनाएका छन् । आफ्नो उम्मेदवारी कायम रहँदा रहँदै सर्वसम्मत नेतृत्व चयनको नाममा अर्का उम्मेदवार एकलाल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित घोषणा गरिएकोप्रति उनले आपत्ति जनाएका हुन् । सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै शनिबार अधिवेशन...
एमाले जिल्ला अधिवेशनः २८ जिल्लामा अध्यक्ष चयन (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ । २ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ । अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ । कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको...
एमाले मकवानपुरको अध्यक्षमा श्रेष्ठ र सचिवमा सिग्देल सर्वसम्मत
मकवानपुर । नेकपा एमाले मकवानपुरको सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा...
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले जिल्ला अधिवेशन भोलिसम्मका लागि लम्बियो
मकवानपुर । नेकपा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनको बन्दसत्र भोलि सम्मका लागि स्थगित भएको छ । पुर्व निर्धारित कार्यक्रमअनुसार शुक्रबारदेखि आजसम्मलाई तय गरिएको जिल्ला अधिवेशन आइतबारसम्मका लागि लम्बिएको हो । जिल्ला नेतृत्वको लागि सहमति जुटाउने प्रयासस्वरुप बन्दसत्रको कार्यक्रम भोलि विहान ८ बजेका लागि सारिएको एमाले नेता कृष्णप्रसाद दाहालले जानकारी...










