समाज/राजनीति

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र...

अलपत्र एमाले मकवानपुर जिल्ला कमिटी : न निर्वाचन, न सपथ

मकवानपुर । नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत लिन सकेको छैन । २३ पुसमा शुरु भएको ११ औं जिल्ला अधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको थियो । अध्यक्षमा श्रेष्ठसँगै बद्रीप्रसाद लम्सालले उम्मेदवारी दिएका...

मधेश प्रदेश बनाउन १७ सांसदले गरे ‘फ्लोर क्रस’

जनकपुर । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा प्रमुख दलका सांसदहरूले नै फ्लोर क्रस गरेका छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र प्रदेश २ को नाम ‘मधेश’ कायम गर्न सहमत थिए । यद्यपि संविधानतः उनीहरूसँग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ संख्या...

प्रदेश –२ को नाम र राजधानी मतदानबाटै

धनुषा । नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी फेरि मतदान प्रक्रियामै गएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन मतदान...

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जानकारी दिए...

एमालेका ६२ जिल्ला कमिटीले पाए नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैरभौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ । सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ। दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ। महासचिव शंकर पोखरेलले उद्घाटन गरेको बारा जिल्लाको अधिवेशनको...

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो संक्रमणका कारण आवश्यक तयारी गर्ने नसकेर सम्मेलन सार्नुपरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्तिमार्फत जनकारी गराएका छन् । विज्ञप्ति प्रकाशन...

देउवा सरकारको ६ महिना : नाम छ, काम छैन !

काठमाडौँ । गत असार २९ गतेबाट सिंहदरबारको बागडोर सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ मा बल्लतल्ल सरकारलाई पूर्णता दिए । तर, कानूनी रूपमा सरकारको उपस्थिति देखाउनेबाहेक उल्लेखनीय काम यस अवधिमा हुन सकेको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा र संसद् विघटनको बाइप्रडक्ट अहिलेको सरकार हो । सर्वोच्च अदालतको...

एमाले पर्साको बन्दसत्र अनिश्चितकालका लागि स्थगित

वीरगन्ज । नेकपा एमाले पर्साको बन्द सत्र अनिश्चितकालका लागि स्थगित भएको छ । एमाले पर्साको ८औँ जिल्ला अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजाराले बुधबार बन्दसत्र विशेष कारणले स्थगित गरिएको जनाएका छन् । मंगलबार ८औँ जिल्ला अधिवेशनको उद्घाटन एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए । मंगलबार साँझ सुरु भएको बन्दसत्रमा...

अनेरास्ववियु मकवानपुरगढी गाउँ कमिटी गठन

मकवानपुर । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरगढी गाउँपालिका कमिटी गठन भएको छ । अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले पुरन तिमल्सिनालाई अध्यक्षमा चयन गरेको छ । तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरेको अनेरास्ववियु जिल्ला सहसचिव तथा अधिवेशन निर्वाचन समितिका अध्यक्ष...