अनेरास्ववियु मकवानपुरगढी गाउँ कमिटी गठन

अखबार हब
२०७८ पुष २६, सोमबार १९:५३

मकवानपुर । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरगढी गाउँपालिका कमिटी गठन भएको छ ।

अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले पुरन तिमल्सिनालाई अध्यक्षमा चयन गरेको छ । तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरेको अनेरास्ववियु जिल्ला सहसचिव तथा अधिवेशन निर्वाचन समितिका अध्यक्ष मण्डलका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिए ।

अधिवेशनले उपाध्यक्षमा राजकुमार अधिकारी, सचिवमा पुष्कर घिमिरे, कोषाध्यक्षमा सागर गोले, सहसचिवमा सनिशा लम्साल र सुजाता घिमिरे चयन गरेको हो । एमाले मकवानपुरका जिल्ला सदस्य तथा अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।

कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्य हरि कँडेल, एमाले मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर घिमिरे, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, जिल्ला सचिव पुष्कर तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*