एमाले मकवानपुरको अध्यक्षमा श्रेष्ठ र सचिवमा सिग्देल सर्वसम्मत

अखबार हब
२०७८ पुष २५, आईतवार १०:३२

मकवानपुर । नेकपा एमाले मकवानपुरको सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा सिता विष्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रवार बाट सुरु भएको एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशन आज आईतवार सकिएको छ । अधिवेशनबाट पदाधिकारीसहित १ सय ५ सदस्यी नयाँ जिल्ला कमिटी निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनमा १० वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए ।

११‌औं जिल्ला अधिवेशनबाट निर्वाचितहरुको नामावली

यसमा तपाइको मत

Your email address will not be published.


*