एमाले धादिङको अध्यक्षमा त्रिपाठी

अखबार हब
२०७८ पुष २६, सोमबार ११:०२

धादिङ। एमाले धादिङको आठौं जिल्ला अधिवेशनले भूमिप्रसाद त्रिपाठीको अध्यक्षतामा एक सय पाँच सदसीय कमिटी सहमतिमा चयन गरेको छ ।

अध्यक्ष त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा वहाल छन् । शुक्रबार धादिङवेसीस्थित मदन आश्रित भवनको प्रांगणमा नेकपा एमाले केन्द्रीय लेखा आयोजका अध्यक्ष पुष्पराज कडेंलले पानसमा बत्ती बालेर शुरु गरेको अधिवशन आइतवार सम्पन्न भएको छ ।

एमाले धादिङको उपाध्यक्षमा संविधान सभा सदस्य धनबहादुर घले, सचिवमा अर्जुनकुमार श्रेष्ठ, सहसचिवमा राधिका सापकोटा र हरिराम लोहनी चयन भएकाछन् । यसै गरी खुला सहित सवै कलष्टरका एक सय जना सदस्य र पाँच जना लेखा समिति सदस्य पनि सहमतिमै चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*