समाज/राजनीति
प्रतिनिधिसभा बैठक फेरि सर्यो
काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ । भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस...
कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो
काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले...
किन निलम्बनमा परे एसपी पाण्डे ?
काठमाडौं । सिरहाबाट ९ महिनामा हटाइएका प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् । पुस १८ मा १ बजे राति पाण्डेले नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेर धम्क्याएको...
राष्ट्रियसभा निर्वाचनः एमालेबाट बागमतीमा दर्लामी र शाक्यको उम्मेदवारी
मकवानपुर। राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि प्रमुख प्रतिपक्षय दल नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामी र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनीहरूले आज उम्मेदवारी दर्ता गराएका...
कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म सभापतिको...
यी हुन् नेकपा एसबाट राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, कर्णाली प्रदेशबाट उदय बोहोरा, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम...
माओवादी अध्यक्षमा पुनः दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए । हललाई सम्बोधन गर्दै दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित...
कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक, काठमाडौँमा सम्पर्क कार्यालय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ । समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई विभिन्न स्थानीयदेखि...
अब पार्टीमा गुट र भागबन्डा केही हुँदैनः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डा नहुने बताएका छन् । आज अर्घाखाँची पुगेर विभिन्न पार्टी परित्याग गरेकालाई कांग्रेसमा स्वागत गर्दै थापाले गुट र भागबन्डा अन्त्य गर्न निरन्तर खबरदारी गरिराख्ने बताएका हुन् । ‘पार्टी हामी गुट भागबण्डा केही हुन दिन्नौं । सिंगो कांग्रेस बनाएर चलाउँछौँ’...
राष्ट्रियसभामा उम्मेदवार बन्न समानुपातिक सूचीबाट चार नेताको नाम फिर्ता
काठमाडौं । प्रमुख राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेका छन् । उक्त निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरु आन्तरिक तयारीका साथै उम्मेदवार छान्न सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले यसअघि समानुपातिक सुचीमा नाम राखेकाहरूको नाम धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका...










