किन निलम्बनमा परे एसपी पाण्डे ?

अखबार हब
२०७८ पुष २१, बुधबार १२:१५

काठमाडौं । सिरहाबाट ९ महिनामा हटाइएका प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् । पुस १८ मा १ बजे राति पाण्डेले नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेर धम्क्याएको आरोप छ ।

सभापति यादवले मध्यराति आफ्नो घरमा आएर पाण्डेले पेस्तोल निकालेर घरभित्र पस्न खोजेको तर, ढोका नखोलेर प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताएका छन् । सो घटना छानविन गर्नुपर्ने देखिएको हुनाले उनलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने– ‘गैर व्यवसायिक क्रियाकलाप गरेको आशंकामा छानविन गर्नुपर्ने भएको हुनाले निलम्बन गरिएको हो ।’

काँग्रेस सभापतिको घरमा गएर धम्क्याएको सूचना पाएपछि सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी उनलाई लिन गएका थिए । एसपी गिरी र नेपाल प्रहरीका डिएसपी सुवास बुढाथोकीले पाण्डेलाई जिल्ला प्रहरी कार्यालयको क्वार्टरमा ल्याएका हुन् ।

प्रहरी प्रधान कार्यालयले सोही दिन उनको सरुवा गरेको थियो । पाण्डेलाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको थियो । सिरहामा एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई काजमा खटाएको पत्र पुगेपछि पाण्डे मदिरा सेवन गरेर काँग्रेस सभापतिको घरमा पुगेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*