प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

अखबार हब
२०७८ पुष २१, बुधबार १२:५६

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि सरेको छ । भोलि पुस २२ गतेका लागि तय भएको प्रतिनिधिसभा बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस गर्ने तयारी गरेको छ । यसअघि नेकपा माओवादीको आग्रहमा बैठक सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*