राष्ट्रियसभा निर्वाचनः एमालेबाट बागमतीमा दर्लामी र शाक्यको उम्‍मेदवारी

अखबार हब
२०७८ पुष २०, मंगलवार २०:५५

मकवानपुर। राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि प्रमुख प्रतिपक्षय दल नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामी र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनीहरूले आज उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ १२ गते हुँदैछ ।

निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएसँगै प्रतिपक्ष दलको तर्फबाट नेकपा एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*