अब पार्टीमा गुट र भागबन्डा केही हुँदैनः गगन थापा

अखबार हब
२०७८ पुष १९, सोमबार १६:१९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डा नहुने बताएका छन् । आज अर्घाखाँची पुगेर विभिन्न पार्टी परित्याग गरेकालाई कांग्रेसमा स्वागत गर्दै थापाले गुट र भागबन्डा अन्त्य गर्न निरन्तर खबरदारी गरिराख्ने बताएका हुन् ।

‘पार्टी हामी गुट भागबण्डा केही हुन दिन्नौं । सिंगो कांग्रेस बनाएर चलाउँछौँ’ उनले भने । महामन्त्री थापाले आफू अर्घाखाँचीको कार्यक्रममा आएको बारे सभापति शेरबहादुर देउवालाई जानकारी गराएको पनि बताए ।

थापाले एमालेबाट गाउँपालिका उम्मेदवार बनेर निर्वाचन जितेकी लक्ष्मी गौतमलाई कांग्रेसमा स्वागत गर्दै आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेसमा प्रवेश गराउने लक्ष्य रहेको पनि बताए । उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*