समाज/राजनीति
रेशम चौधरीले खोले नयाँ दल, पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’
काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग...
प्रचण्डको खल्तीमा माओवादीको १५ पदाधिकारी, को को पर्लान् ?
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने तय भएको छ । १८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादीमा केन्द्रीय सदस्यको चुनाव हुने भनिएपनि अन्तिम समयमा प्रचण्डले हस्तक्षेप गरी रोकेका...
गठबन्धनको वैठक अहिले बस्दै, राष्ट्रियसभा निर्वाचनको भागबण्डामा छलफल हुने
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक अहिले केही बेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने वैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच गर्ने तालमेल र भागवण्डाको विषयमा छलफल हुने जनाइएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी माघ...
माओवादीमा समानुपातिकबाट को को भए केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले...
माओवादी केन्द्रीय कमिटीमा १११ जना खुला केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन् । पार्टीको आठौं महाधिवेशनको आजको बन्दसत्रमा उनले १११ जना केन्द्य्रीय खुलातर्फबाट चयनका लागि हलमा प्रस्तुत गरेका हुन् । प्रचण्डले आफूलाई पनि खुलातर्फको केन्द्रीय सदस्यको रुपमा नाम पढेर हलमा सुनाएका छन् । उनले २३...
कांग्रेस नेताको समाचार लेखेकैं कारण कारबाही भोग्नुपर्ने अवस्था आयोः पत्रकार बञ्जरा
मकवानपुर । नेपाल प्रेस युनियन मककवानपुरका नेता ईन्द्रप्रसाद बञ्जरा ‘रमेश’ ले नेताको समाचार लेखेकैं कारण कारबाही भोग्नुपर्ने अवस्था आएको बताए । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बञ्जराले मकवानपुर कांग्रेसका सभापति इन्द्र बहादुर बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिको विधान विपरित कारबाहिको हल्ला गरेको र जिल्ला समितिलाई...
डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी
पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद्...
जनताको सरकारलाई अदालतको परमादेशबाट ढाल्ने काम भयो : महेश बर्तौला
मकवानपुर। नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश कुमार बर्तौलाले जनताबाट बनेको सरकारलाई विकास विरोधी दलहरुले विदेशी शक्ति र अदालतको परमादेशबाट ढाल्ने काम गरेको बताएका छन् । शनिबार मकवानपुरको फाखेलमा एमाले इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले हालको नेपाली कांग्रेस,माओवादी,एकीकृत समाजवादीको गठबन्धनको सरकार जनविरोधी भएको...
बागमती सरकार जनताको हितमा छैन,खर्च बढाउने काम मात्र गर्योः शाक्य
मकवानपुर । नेकपा एमालेको उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेर खर्च बढाउने काम मात्र गरेको टिप्पणी गरेकी छन् । शनिबार मकवानपुरको फाखेलमा एमाले ईन्द्रसरोबर गाउँपालिका ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश...
सकसमा प्रचण्डः न चुनाव गर्न सक्छन् न पेलेरै जान !
काठमाडौं । निर्वाचनसम्बन्धी प्रक्रिया पूरा गर्न पर्दैनथ्यो भने नेकपा माओवादी केन्द्रको महाधिवेशन आठौं दिनसम्म जाने नै थिएन। हलबाटै पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष बनेर पदाधिकारी पछि टुंगो लगाउने भनेर महाधिवेशन समापन गरिदिन्थे। तर माओवादीमा विगतमा जस्तो अब सजिलो छैन। महाधिवेशनले निर्वाचन प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी चयन गर्नुपर्दछ। माओवादीको...









