कांग्रेस नेताको समाचार लेखेकैं कारण कारबाही भोग्नुपर्ने अवस्था आयोः पत्रकार बञ्जरा
मकवानपुर । नेपाल प्रेस युनियन मककवानपुरका नेता ईन्द्रप्रसाद बञ्जरा ‘रमेश’ ले नेताको समाचार लेखेकैं कारण कारबाही भोग्नुपर्ने अवस्था आएको बताए ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बञ्जराले मकवानपुर कांग्रेसका सभापति इन्द्र बहादुर बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिको विधान विपरित कारबाहिको हल्ला गरेको र जिल्ला समितिलाई पत्रचार गरेको आरोप लगाएका छन् ।
आफुले २०७८ साल जेठ ६ गते राजीनामा दिएको भएपनि मकवानपुरका केहि प्रेस युनियनको नेतृत्व तथा नेपाली कांग्रेसको तर्फबाट कारबाहीको माग गरिएको भन्दै उनले पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष तथा जिल्ला अध्यक्षकै सहभागितामा भएको बैठकले एउटा श्रमजिवि पत्रकारलाई कारबाहीको सिफारिस गर्नु दुःखद भएको बताए ।
एउटा साधरण सदस्यलाई कारबाही गर्नको लागि केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा ब्यवस्था भएको भएपनि केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अबैधानिक काम गरेको उनको भनाई रहेको छ ।







