जनताको सरकारलाई अदालतको परमादेशबाट ढाल्ने काम भयो : महेश बर्तौला
मकवानपुर। नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश कुमार बर्तौलाले जनताबाट बनेको सरकारलाई विकास विरोधी दलहरुले विदेशी शक्ति र अदालतको परमादेशबाट ढाल्ने काम गरेको बताएका छन् ।
शनिबार मकवानपुरको फाखेलमा एमाले इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले हालको नेपाली कांग्रेस,माओवादी,एकीकृत समाजवादीको गठबन्धनको सरकार जनविरोधी भएको टिप्पणी गरे ।
उनले अदालतले परमादेश मार्फत एमालेको सरकारलाई ढालेर जतनाको समृद्धिको सपना माथि बज्रपात गरेको बताए । उनले एमाले माथि विभिन्न घेराबन्दी, षणयन्त्र र मोर्चाबन्दी भएको बताउँदै यस विरुद्ध पार्टीको सम्पूर्ण संगठन परिचालित हुनुपर्ने बताए ।







