एमाले जिल्ला अधिवेशनः २८ जिल्लामा अध्यक्ष चयन (सूचीसहित)

अखबार हब
२०७८ पुष २५, आईतवार १४:४८

काठमाडौं । नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ ।

२ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ । अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

अध्यक्ष चयन भएका जिल्लाहरु

झापा– दीपक कार्की

मोरङ– ऋषिकेष पोखरेल

खोटाङ – रामप्रसाद दंगाल

धनकुटा – इन्द्रमणि पराजुली

तेह्रथुम– तेजमान कन्दङवा

सप्तरी– ताराकान्त चौधरी

धादिङ– भूमि त्रिपाठी

काभ्रेपलाञ्चोक– अशोक ब्यान्जु

भक्तपुर– बचन देउजा

रसुवा– कर्णेल तामाङ

नुवाकोट– बद्रि मैनाली

मकवानपुर– एकालाल श्रेष्ठ

रामेछाप– आनन्द श्रेष्ठ

गोरखा– प्रेम गुरुङ

तनहुँ– श्रीप्रसाद श्रेष्ठ

पाल्पा– धनेन्द्रराज घिमिरे

गुल्मी– बालकृष्ण काउछा मगर

अर्घाखाची– पिताम्बर भुसाल

बाँके– किस्मत कुमार कक्षपती

बर्दिया– लालबहादुर श्रेष्ठ

दाङ– हुकुमबहादुर बस्नेत

रुपन्देही– तेजेन्द्र केसी

कपिलवस्तु– डम्मर शर्मा (निर्वाचित)

नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी (निर्वाचित)

डोल्पा– शेरबहादुर बुढा

सल्यान– गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

मजदूर विशेष– जितेन्द्र श्रेष्ठ

पेशागत विशेष– उमेश ढकाल

यसमा तपाइको मत

Your email address will not be published.


*