सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले जिल्ला अधिवेशन भोलिसम्मका लागि लम्बियो

अखबार हब
२०७८ पुष २४, शनिबार १८:२७

मकवानपुर । नेकपा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनको बन्दसत्र भोलि सम्मका लागि स्थगित भएको छ । पुर्व निर्धारित कार्यक्रमअनुसार शुक्रबारदेखि आजसम्मलाई तय गरिएको जिल्ला अधिवेशन आइतबारसम्मका लागि लम्बिएको हो ।

जिल्ला नेतृत्वको लागि सहमति जुटाउने प्रयासस्वरुप बन्दसत्रको कार्यक्रम भोलि विहान ८ बजेका लागि सारिएको एमाले नेता कृष्णप्रसाद दाहालले जानकारी दिए ।

एमाले मकवानपुरको जिल्ला नेतृत्वका लागि आकांक्षी धेरै भएकोका कारण देखाउ“दै बन्दसत्रको कार्यक्रम भोलि विहानसम्मका लागि स्थगित गरिएको हो । बन्दसत्रको कार्यक्रम स्थगित भएपश्चात अखबारहबसँग संक्षिप्त प्रतिक्रिय दिँदै नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र लोकतान्त्रिक पद्धतीलाई अबलम्बन गर्दै मकवानपुरमा एमालेको नयाँ नेतृत्व आउने दाबी गरे ।

शुक्रबारबाट सुरु भएको नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आजसम्म सकिने पुर्व निर्धारित कार्यक्रम थियो । तर, जिल्ला नेतृत्वका लागि आकांक्षी बढी भएका कारण सहमतिको प्रयासस्वरुप कार्यक्रम लम्बिएको एमाले मकवानपुरले जनाएको छ । दिनभर सहमतीको प्रयास गरिएको र सहमती जुट्न नसकेपछि बन्दसत्रको थप कार्यक्रम आइतबार विहान ८ बजे सम्मका लागि स्थगित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*