समाज/राजनीति

बागमतीको मुख्यमन्त्रीमा शालिकरामको चर्चा

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेलको चर्चा सुरु भएको छ । माओवादी केन्द्रका नेता अध्यक्ष प्रचण्डले बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेललाई मुख्यमन्त्री बनाउन पहल थालेका हुन् । प्रचण्डले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमकट्टेललाई बनाउने खुलासा गरेका...

आज फेल भए भोलि ट्रायल दिने व्यवस्था गर्छौं : मुख्यमन्त्री पाण्डे

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा भइरहेको ढिलाइ छिटै अन्त्य गर्ने बताएका छन् । आइतबार बागमती प्रदेशसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले ट्रायल सेन्टरहरु बढाउने गरी कार्यविधि पास गरिसकेको बताए । ‘१५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन लाइनमा छन् । तर अबको...

मनहरीको अध्यक्ष बन्ने न्यौपानेको आकांक्षा

मकवानपुर । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेसँगै जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार एकराज उप्रेतीसँग...

नेकपा एस इन्द्रसरोवर ३ नम्वर वडा कमिटी गठन, अध्यक्षमा बिशाल गोले

मकवानपुर । नेकपा एकीकृत समाजवादीको इन्द्रसरोवर ३ नम्बर वडा भेलाले वडा कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भेला आयोजना गरी संगठन विस्तार गरिएको हो । भेलाले बिशाल गोलेको अध्यक्षतामा ३५ सदस्य वडा...

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी एमालेमा प्रवेश

पर्सा । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । नगर प्रमुख सरावगी पहिले कांग्रेसमा प्रवेश गर्ने तयारी गरेपनि कांग्रेसका नेताहरुले चासो नलिएपछि एमालेमा प्रवेश गरेका हुन् । एमालेका अध्यक्ष्य केपी शर्मा...

बागमती प्रदेशसभा बैठक आज बस्दै, प्रतिपक्षी असन्तुष्ट

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । २०७८ पुस ८ गते यता बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । पुस ७ र ८ गते दुई दिन चलेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध...

पार्टीको उम्मेदवार पार्टीले तयार गर्छ,स्वयम् उम्मेदवारी घोषणा नगर्नु : सभापति लामा

मकवानपुर । स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका नेता कार्यकर्ताहरुलाई स्वयम् उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएका छन् । पछिल्लो समय मकवानपुरमा कांग्रेस नेताहरुले स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षमा उम्मेदवारी घोषणागरिरहेको अवस्थामा यस्तो निर्देशन दिएका हुन् । कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा...

नेकपा माओवादी केन्द्रद्वारा हेटौंडामा टोल कमिटीहरु गठन

मकवानपुर । नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थाहरुमा टोल कमिटीहरु गठन गरेको छ । हेटौंडा ११ को सिमलटारस्थित टोल विकास चोकमा, बुद्धचोक र एकता चोकमा विभिन्न टोल कमिटीहरु गठन भएको हो । शनिवार भएको भेलामा हेटौंडा ११ वडा कमिटीका अध्यक्ष देवकृष्ण थोकरको अध्यक्षतामा पार्टी समन्वय समितिका सचिव भीम...

एक्लै चुनाव जित्छु भन्नु पैसाको धाक हो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् । शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए । ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु...

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन,...