नेकपा एस इन्द्रसरोवर ३ नम्वर वडा कमिटी गठन, अध्यक्षमा बिशाल गोले

अखबार हब
२०७८ फाल्गुन २९, आईतवार २०:५९

मकवानपुर । नेकपा एकीकृत समाजवादीको इन्द्रसरोवर ३ नम्बर वडा भेलाले वडा कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भेला आयोजना गरी संगठन विस्तार गरिएको हो ।

भेलाले बिशाल गोलेको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरिएको नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष प्रेम पाख्रिनले जानकारी दिए । भेलाले उपाध्यक्षमा पुर्णलाल मोक्तान,सचिव सुजन बजु,सहसचिव मानबहादुर मोक्तानलाई चयन गरिएको छ ।

भेलामा नेकपा एकीकृत समाजवादीका निर्वाचन आयोग केन्द्रीय सदस्य रामचन्द्र बल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव जीवन लामा, नेकपा एकीकृत समाजवादीका युवा संघ जिल्ला अध्यक्ष किरण बल,नेकपा एकीकृत समाजवादी इन्द्रसरोवर कमिटी सचिव धनराज महर्जन, अनेम संघ जिल्ला कमिटी सदस्य मन्जु रुम्बालगायतले मन्तव्य राखेका थिए ।

इन्द्रसरोवर गाउँपालिका कमिटी अध्यक्ष कुन्साल लामाले कार्यक्रमको समापन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*