आज फेल भए भोलि ट्रायल दिने व्यवस्था गर्छौं : मुख्यमन्त्री पाण्डे

अखबार हब
२०७८ फाल्गुन ३०, सोमबार १४:११

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा भइरहेको ढिलाइ छिटै अन्त्य गर्ने बताएका छन् । आइतबार बागमती प्रदेशसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले ट्रायल सेन्टरहरु बढाउने गरी कार्यविधि पास गरिसकेको बताए ।

‘१५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन लाइनमा छन् । तर अबको तीन वर्ष लाग्दा पनि उनीहरुले त्यो प्रमाणपत्र लिन सक्दैनन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ’ उनले भने, ‘त्यसैले छिटो भन्दा छिटो सवारी साधन चालक प्रमाणपत्र दिन ट्रायल सेन्टरहरु बढाउने, त्यसको लागि पनि हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसाबले काम अघि बढाएका छौं ।’

मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयको सेवालाई विद्युतीय गर्ने पनि बताए । ‘चाँडै नै त्यो कार्यविधि अनुसार काम गर्न इच्छुक कम्पनीहरु आउनेछन् । हामी क्यासलेस सिस्टममा लैजान सक्छौं’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*