समाज/राजनीति

इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ । ३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् । कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)...

प्रेस चौतारीको महाधिवेशन आजदेखि पोखरामा, सर्वसम्मत नेतृत्व चयनको प्रयास

कास्की। नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन् गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन...

हेटौंडाको नयाँ मेयरमा एमालेका तीन आकांक्षी

मकवानपुर । वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएसँगै मकवानपुरमा राजनीतिक दलहरूको गतिविधि बाक्लिँदै छ । जिल्लाका १० पालिकामध्ये एमाले र कांग्रेसबीच दमदार प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ । मकवानपुरका स्थानीय तहमा एमालेको बहुमत छ । २०७४ सालको निर्वाचनमा एमालेले ६ पालिका, कांग्रेस र माओवादीले दुई–दुई पालिका...

हेटौंडामा गठबन्धनलाई हराउँदै एमालेको उम्मेदवार विजयी

मकवानपुर । हेटौंडा–३ बसामाडीको बसाहामहादेव टोल विकास संस्थाको पुर्नगठन भएको छ । १ सय ८ घरधुरी संख्या सदस्य रहेको टोल विकासको आज भएको निर्वाचनमा नेपाली कांग्रेस–नेकपा माओवादी–एकीकृत समाजवादी बीच भएको गठबन्धन तर्फको एकल उम्मेदवार लक्ष्मण बर्तौलालाई पराजित गर्दै एमालेको उम्मेदवार कल्पना तामाङ विजयी भएकी हुन् । अध्यक्ष पदको लागि...

मनहरीको एकै वडामा अध्यक्ष बन्न काँग्रेसका तीन आकांक्षी

मकवानपुर । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरको गाउँगाउँमा चुनावी चर्चा बढेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नं. १ मा आगामी निर्वाचनका लागि काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका लागि हालसम्म तीन जना आकांक्षीहरुको नाम चर्चामा रहेको पाइएको छ । नेपाली काँग्रेसबाट मनहरी...

निर्वाचन आयोगको प्रष्टीकरणः गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताए । नेपालमा निर्वाचनमा...

कांग्रेसको धनुषा सभापतिका लागि भोलि मतदान हुने

जनकपुरधाम । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो । यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो...

एमाले प्रवेश गर्दै करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश...

एक महिने चुनावी अभियान लिएर गाउँ पस्दै कांग्रेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने प्रवक्ता...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा ५ दाबेदार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन् । २७ फागुनमा नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् । अहिलेसम्म अध्यक्षका कुनैपनि आकांक्षीले प्यानल...