समाज/राजनीति

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको नेता हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ...

बराबरी मत,आलोपालो सभापति

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन्। कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो । कांग्रेसको १४औँ...

चितवन कांग्रेस सभापतिमा खनाल चयन

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो । चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए । शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि...

कांग्रेसको सिद्धान्त कम्युनिष्टलाई भोट हाल्ने होइनः कोइराला

विराटनगर । कांग्रेस नेता शेखर कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् । अहिलेको दलीय गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै उनले निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताए । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक शनिबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । ‘यो गठबन्धन...

विवादपछि स्थगित भयो कांग्रेस सप्तरीको निर्वाचन

सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो । संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता...

राप्रपा नेपालको युवक संगठन घोषणा

काठमाडौं । राप्रपा नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल शनिवार घोषणा गरिएको छ । धुम्वाराहीमा घोषणा सभा गर्दै कैलाश कटुवालको संयोजकत्वमा ८७ सदस्यीय युवक संगठन घोषणा गरिएको हो । घोषणा सभाको उद्घाटन राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरेका हुन् ।

संसद् चल्न नदिए मंसिर अगाडि नै आम चुनावः गगन थापा

काठमाडौं । नेपाली  कांग्रेसका महामन्त्री गगन थापाले मंसीर अगाडि नै आम चुनाव हुन सक्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले मंसीर अगाडि नै चुनाव हुनसक्ने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको समारोहमा बोल्दै थापाले नेकपा (एमाले)ले संसद् अवरुद्ध गरिरह्यो भने...

प्रदेश १ को नाम कोसी राख्न ओलीको सुझाव

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को...

सरकारको नाममा सर्वोच्चको आदेशः जथाभावी उत्खनन‍्‌का विषयमा अध्ययन गर्नू

काठमाडौं । सर्वोच्च अदालतले देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रूपमा भइरहेको रोडाढुङ्गा तथा गिट्टी बालुवा उत्खनन्‌का विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । वातावरण कानून समाजका अध्यक्ष एवं अधिवक्ता पदमबहादुर श्रेष्ठले देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल...

कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका भट्ट विजयी

धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार भएको पुनस् मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् । बिहीबार...