चितवन कांग्रेस सभापतिमा खनाल चयन

अखबार हब
२०७८ फाल्गुन २१, शनिबार २०:२७

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो ।

चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए । शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो । तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए । श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार थिए ।

चितवन कांग्रेसको सभापतिमा उत्तम जोशी, सूर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा थिए । नयाँ कार्यसमितिको ४८ पदमा निर्वाचन भएको छ । बाँकी पदको मतगणना आइतबारबाट सुरू हुने कांग्रेस चितवनको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*