समाज/राजनीति
मनहरीको अध्यक्षमा पराजुली र उपाध्यक्षमा लामाको उम्मेदवारी घोषणा
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षका लागि काँग्रेस नेता भरत पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मनहरी–१, गोगनपानीस्थित नेपाली काँँग्रेस टोल कमिटीको कार्यक्रमका बीच आउँदो स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने बताएका हुन् । आफु यसअघि कुनै पनि लाभको पदमा नरहँदा समेत जनताको सेवामा...
सामाजिक विकास मन्त्री मोक्तान बनिन् माओवादी मकवानपुर इञ्चार्ज
मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा माओवादी केन्द्र मकवानपुरको इञ्चार्ज चयन भएकी छन् । बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्ज चयन गरेको हो । केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी...
एमसीसीको विषयलाई लिएर महोत्तरीमा ५ नेताले छाडे माओवादी केन्द्र
जनकपुरधाम । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका–३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला...
काँग्रेस धनुषा सभापतिमा दोस्रो चरणको मतदान हुने
धनुषा । नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये काँग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक...
नेपाल बारको चुनावमा गठबन्धन विरुद्ध एमाले, ८३ जनाले दिए उम्मेदवारी (सूची सहित)
काठमाडौं । नेपाल बार एसोसिएशनको चुनावमा सत्तारूढ दल निकट कानून व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) निकट कानून व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी उम्मेदवार छन्। अध्यक्षमा वरिष्ठ अधिवक्ता अमितालक्ष्मी श्रेष्ठ सैंजू, अधिवक्ताहरू उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर...
हेटौंडाको मेयर बन्न दाहालको कसरत
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहालले हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने आंकक्षा व्यक्त गरेका छन् । १४ औं जिल्ला अधिवेशनमा सभापति पदमा बुद्ध लामालाई सहयोग गरेका दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयर उम्मेदवारी दिने दावी गर्दै आन्तरिक कसरतमा जुटेका छन् ।...
चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह...
माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा...
माओवादीले स्थानीय चुनावअघि पदाधिकारी चयन नगर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ । २० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन...
कांग्रेस सर्लाहीको निर्वाचन स्थगित
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । सोमवारका लागि तय भएको निर्वाचन आन्तरिक विवादका कारण अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए...









