मनहरीको अध्यक्षमा पराजुली र उपाध्यक्षमा लामाको उम्मेदवारी घोषणा

अखबार हब
२०७८ फाल्गुन २५, बुधबार १८:३८

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षका लागि काँग्रेस नेता भरत पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मनहरी–१, गोगनपानीस्थित नेपाली काँँग्रेस टोल कमिटीको कार्यक्रमका बीच आउँदो स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

आफु यसअघि कुनै पनि लाभको पदमा नरहँदा समेत जनताको सेवामा निरन्तर लाग्दै आएको बताउँदै उनले भने ‘हिजोको दिनमा जनताको समस्या घर घरमा खोज्दै समस्याको हल गर्दै हिँड्थेँ, आज मतको अपेक्षा लिएर आएको छु ।’

करिब ३० वर्षदेखि मकवानपुरमा नेपाली काँग्रेसको सक्रिय राजनीति गरेर छायाँमा परेको पराजुली काँग्रेस जिल्ला कमिटीको निवर्तमान सल्लाहकार समेत हुन् ।

त्यस्तै उक्त कार्यक्रमकै बीच नेपाली काँग्रेस बागमती प्रदेशका सदस्यसमेत रहेकी जानकी लामा तामाङले गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*