नेपाल बारको चुनावमा गठबन्धन विरुद्ध एमाले, ८३ जनाले दिए उम्मेदवारी (सूची सहित)

अखबार हब
२०७८ फाल्गुन २४, मंगलवार २०:४०

काठमाडौं । नेपाल बार एसोसिएशनको चुनावमा सत्तारूढ दल निकट कानून व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेस निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा उम्मेदवारी दिएका छन्। नेकपा (एमाले) निकट कानून व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी उम्मेदवार छन्।

अध्यक्षमा वरिष्ठ अधिवक्ता अमितालक्ष्मी श्रेष्ठ सैंजू, अधिवक्ताहरू उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो र पृथ्वीनाथ राईले पनि उम्मेदवारी दिएका छन्।

महासचिवमा एमाले निकट अधिवक्ता केदारप्रसाद कोइराला र नेकपा (माओवादी केन्द्र) निकट अधिवक्ता अन्जिता खनालले उम्मेदवारी दिएका छन्।

नेपाल बारको २६औं कार्यसमिति चयनका लागि आगामी १९ चैतमा मतदान हुँदै छ।

यसमा तपाइको मत

Your email address will not be published.


*