हेटौंडामा गठबन्धनलाई हराउँदै एमालेको उम्मेदवार विजयी

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार २१:३७

मकवानपुर । हेटौंडा–३ बसामाडीको बसाहामहादेव टोल विकास संस्थाको पुर्नगठन भएको छ ।

१ सय ८ घरधुरी संख्या सदस्य रहेको टोल विकासको आज भएको निर्वाचनमा नेपाली कांग्रेस–नेकपा माओवादी–एकीकृत समाजवादी बीच भएको गठबन्धन तर्फको एकल उम्मेदवार लक्ष्मण बर्तौलालाई पराजित गर्दै एमालेको उम्मेदवार कल्पना तामाङ विजयी भएकी हुन् ।

अध्यक्ष पदको लागि मात्र भएको निर्वाचनमा तामाङले ५८ मत पाउँदा बर्तौैलाले ४६ मत प्राप्त गरे । एमालेको तर्फबाट उम्मेद्वार बनेकी तामाङ १२ मत अन्तरले विजयी भएकी हुन् । निर्वाचनमा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । संस्थामा अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*