पार्टीको उम्मेदवार पार्टीले तयार गर्छ,स्वयम् उम्मेदवारी घोषणा नगर्नु : सभापति लामा
मकवानपुर । स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका नेता कार्यकर्ताहरुलाई स्वयम् उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएका छन् ।
पछिल्लो समय मकवानपुरमा कांग्रेस नेताहरुले स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षमा उम्मेदवारी घोषणागरिरहेको अवस्थामा यस्तो निर्देशन दिएका हुन् ।
कांग्रेस मकवानपुरको स्थानीय निर्वाचन जागरण घोषणा सभा कार्यक्रमको पुर्वसन्ध्यामा ‘घरघर जाउ, कांग्रेस जिताउ’ अभियानका बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले जिल्लाको शीर्ष तहकै नेताले आफै उम्मेदवारी घोषणा गर्दा मतदाता अन्यौलमा पर्ने बताए ।
उनले निर्वाचनमा पार्टीको उम्मेदवार पार्टीलेनै तयार गर्ने भन्दै उम्मेदवारी घोषणा नगर्न आग्रह गरे । सभापति लामाले पार्टीले चैतको अन्तिम साताभित्र पार्टीको उम्मेदवार छनोट गरिसक्ने समेत बताए ।







