समाचार
पर्साको सखुवाप्रसौनीमा गोली चल्यो
पर्सा। पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो । स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ...
सार्वजनिक स्थानमा राखिएको दलको चुनाव चिन्ह तत्काल हटाउन निर्देशन
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको सूचना दर्ता बारेमा विभिन्न निर्णय गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार÷प्रसारमा संलग्न रहेको भनी उजुरी सूचना रहका ११ जना कर्मचारीहरुले स्पष्टीकरण पेश गर्न भई जानीनजानी...
उम्मेदवारको घर छेउँमा शंकास्पद वस्तु, बम हुनसक्ने आशंका
मोरङ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको...
चुनावी र्यालिमा हिड्ने महिलालाई गठबन्धनको ‘साडी’ उपहार
मकवानपुर । हेटौंडामा पछिल्लो समय गठबन्धनका उम्मेदवारहरु बाट निर्वाचन आचारसंहिता उलङ्गन गर्ने क्रम बढेको छ । आज हेटौंडा ७ मा गठबन्धनको चुनाव प्रचारमा हिड्ने महिलाहरुमा कमि देखिएपछि गठबन्धनले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै साडी दिएर फकाउन थालेको छ । नेकपा एमाले विरुद्ध वडा तहमा भएका सबै राजनीतिक दलहरु नेपाली काँग्रेस,...
नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने
नवलपरासी पश्चिम । निर्वाचन सुरक्षाको विषयमा नेपाल–भारत सीमावर्ती क्षेत्रका अधिकारीहरुबीचको बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । पूर्वी नवलपरासी , पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी९डीएम० र सुरक्षा अधिकारीबीच छलफल भएको हो । स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको...
काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले...
म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ
काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते
गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव...
बमको हल्लापछि विमानस्थल खाली गराइयो
काठमाडौं । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ। विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ। विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा...
महेन्द्रनगरको एक होटलमा युवक मृतावस्थामा फेला
काठमाडौं । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान...










