समाचार
निर्वाचनमा टेलिकमको अफर
काठमाडौँ । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र...
जनकपुरधाममा गठबन्धनका नेताले दिए नागरिकताको आश्वासन
जनकपुरधाम । शनिबार जनकपुरधामको तिरहुतिया गाछी प्राङ्गणमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष...
दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ
बारा । बारामा दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एकएक वटा पेस्तोल बरामद भएको हो । पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान...
काठमाडौंमा ९ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१0७, क्षेत्रपाटीस्थित होटल गणेश हिमालमा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने मुस्ताङका ६८ वर्षीय मीनबहादुर गुरुङलगायत ८ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो । होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले...
दलित महिला वडा सदस्यको मृत्यु
खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी...
पुडासैनीलाई फसाउने षडयन्त्र कस्ले बनायो ?
मकवानपुर । निर्वाचन कार्यालय मकवानपुरगढीका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीको फेसबुक ह्याक गरी मत अपिल गरेको सामग्री पोष्ट गरेर बदनाम गराउने षडयन्त्र भएको खुलेको छ । पुडासैनीको फेसबुक ह्याक गरेर आसन्न स्थानीय तह निर्वाचनमा एक उम्मेदवारको मत अपिल गरेको भिडियो सामग्री पोष्ट भएको थियो । उक्त भिडियो पोष्ट बारे...
मकवानपुरमा भोलीबाट माइकिङ बन्द, गाडीमा झण्डा राख्न नपाईने
मकवानपुर । मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ गर्न र सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकमा...
मकवानपुरगढीमा खाना पकाउन लगेको १ बोरा चामल समातेर कांग्रेसको ‘स्टन्ट’
मकवानपुर । देशभर यतिबेला आसन्न स्थानीय तहको निर्वाचनले माहौल तातेको छ । गाउँगाउँमा राजनीतिक दलको चुनावी अभियान चलिरहेको छ । अभियानकै क्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ स्थित जनक स्कुल नजिक नेकपा एमालेको आज शुक्रबार घरदैलो कार्यक्रम पहिल्यै तय भएको थियो । घरदैलो हुने भनिएको ठाउँ डाँडामा पर्छ । फेदीबाट...
आचारसंहिता विपरीत डिसीको डिप बोरिङ पाइप बाड्ने योजना असफल
बारा । निर्वाचन आचारसंहिता विपरीत निजगढ ७ का वडा अध्यक्षका उम्मेदवार मोहन डिसीको सिँचाई पाइन बाड्ने योजना असफल भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत माओवादी पार्टीका कार्यकर्ताहरुले बिहीवार दिउसो निजगढ नगरपालिका वडा नम्बर ७ को योजना टोलमा पाइप झार्दै गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयले रोक लगाएको...
निर्वाचन प्रभावित पार्ने निजगढ नगरपालिकाको त्यो भिडियो सामाग्री !
मकवानपुर । निजगढ नगरपालिकाले निर्वाचनमा मतदातालाई प्रभावित पार्ने भिडियो सामाग्री सामाजिक सञ्जालमा अपलोड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नगरको निर्वतमान मेयर सुरेशकुमार खनाललाई सहयोग पुग्ने भिडियो सामग्री निजगढ नगरपालिकाको प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको निर्देशनमा नगरको वृत चित्र नगरपालिकाको आधिकारिक फेसबुक पेजमा शेयर गरेको हो । खनाल गठबन्धनको...










