समाचार

धनगढीका मतदान अधिकृत घाइते

धनगढी । धनगढीका मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् । भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु।प ०१ ००१ च २८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका...

सर्बोच्चले भन्यो–हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग पार्ने निर्णय कार्यान्वयन नगर्नु

मकवानपुर । हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सर्बोच्चको संबैधानिक ईजलाशले यस्तो आदेश गरेको हो । न्यायिधश दिपक कुमार कार्कि, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्किको ईजलाशले प्रतिष्ठान बाट हेटौँडा अस्पताललाई अलग...

टिप्परको ठक्करबाट मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।...

मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बिक्री–वितरण निषेध

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् । मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब...

मनहरीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर । मनहरी गाउँपालिका वडा नं.७ मा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ बर्षीय राजु प्रसाद रौनियार रहेका छन् । बुधबार विहान रौनियार आफ्नै तीन तल्ले घरको छतमाथिबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर...

मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न...

निर्वाचनमा मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३ हजार २ सय सुरक्षाकर्मी खटिएका हुन् । निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिए...

भोट हाल्न जाँदा साथमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?

काठमाडौं । आउँदो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैन । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म चल्ने मतदानका लागि आज रातीबाट मौन अवधि सुरु हुँदैछ । यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रोक लगाएको छ । निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय...

सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा...

कपिलवस्तुको महाराजगंजकी कांग्रेस उपमेयर उम्मेदवारको मृत्यु

कपिलवस्तु । महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए । राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो...