समाचार

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा२ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो । गएराति हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका संकलन भएपछि बसेको सर्वदलीय बैठकले आज बिहानबाट मतगणना गर्ने सहमति गरेको थियो ।

इन्द्रसरोवरमा ८ हजार बढीले गरे मतदान

मकवानपुर । देशभर एकसाथ भएको स्थानीय तहको निर्वाचन सकिएको छ । शुक्रबार भएको निर्वाचनमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ८ हजार ५ सय ८० मत खसेको छ । गाउँपालिकाको १ नम्बर वडमा ७ सय ७४ मत खसेका छन् भने २ मा २ हजर ६३ मत खसेका छन्। त्यसैगरी वडा नम्बर ३...

यमुनामाईमा मतपेटिका लुटियो

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । तर...

देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित

काठमाडौं । देशैभरका ३२ मतदानस्थानमा निर्वाचन प्रभावित भएको छ । शुक्रबार बिहान सात बजेदेखि सुरु भएको मतदानमा ३२ स्थानको निर्वाचन प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। ‘देशैभरका ७५३ स्थानीय तहमा मतदाता, उम्मेदवार वा अन्य विविध कारणले ३२ मतदानस्थानको निर्वाचन प्रभावित भयो। त्यसमध्ये कतिपय स्थानमा सहमती भएपछि मतदान...

मकवानपुरमा सकियो मतदान, मतपेटीका संकलन सुरु

मकवानपुर । मकवानपुर जिल्लाका दश वटै स्थानीय तहहरुमा मतदानको काम सकिएको छ । अपरान्ह ५ बजेपछी मतदानको काम सकिएको हो । मतदानको काम सकिए लगतै मतगणनाका लागि मतपेटीका संकलन गर्ने काम सुरु भएको छ । जिल्लाका बिकट गाउँमा रहेका मतदान केन्द्रबाट मतपेटीका संकलन हुनका लागि समय लाग्ने भएपनि दश...

रुकुम पश्चिमका कांग्रेस उम्मेदवारको गाडीको ठक्करबाट मतदाताको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली...

वर्षा नरोकिएपछि सुर्खेतमा एक घण्टादेखि मतदान रोकियो

सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो । सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । ‘केही...

मकवानपुरमा वर्षाले रोकिएको मतदान पुनः सुचारु

मकवानपुर । मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण मतदान प्रभावित भएको छ । वर्षाको कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो । यस्तै, जिल्लाको इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।

तीन जना किरियापुत्रीले गरे मतदान

मुगु । मुगुको खत्याड गाउपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन्। उनीहरूले खत्याड गाउपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न्। किरिया बस्ने दाजुभाइमा...

विप्लवले मतदान गर्न पाएनन्, किन ?

कपिलवस्तु। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए। माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार...