समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मतदान
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए।
प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी...
पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार गाडी दुर्घटना, १० जना घाइते
दैलेख । नेकपा माओवादी केन्द्रका नेता एव पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी आज दुर्घटनामा परेको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग तुलसीपुर उपमहानगर ३ राणा गाउँमा ठोकिएको हो...
सुर्खेतमा रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई प्रहरी नियन्त्रणमा
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्। पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका...
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा। प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका...
भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन...
मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था
मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहमा रहेका मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा तयारी गरिएको हो । मकवानपुरका १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ। मकवानपुरका १० वटै...
मकवानपुरमा मदिरा सेवन गरेका मतदाताले मतदान गर्न नपाइने
मकवानपुर । मकवानपुरमा मदिरा सेवन गरेका मतदातालाई मतदान गर्न निषेध गरिएको छ । जिल्लाका मतदान केन्द्र भित्र क्यामेरा र मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदान केन्द्रभित्र खटिएका प्रतिनिधि र मतदाता समेतले मोवाइल प्रयोग गर्न नपाउने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए। यस्तै मदिरा सेवन गर्ने मतदातालाई...
हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत
मकवानपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान...
चैतमा निर्माण सामग्रीमा २५ प्रतिशत मूल्यवृद्धि, अरुमा कति बढ्यो महँगी ?
काठमाडौं । गत चैत महिनामा मूल्यवृद्धि दर थप बढेको देखिएको छ । चैत महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ, फागुनमा यस्तो वृद्धिदर ७.१४ प्रतिशत थियो । २०७७ चैत महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चैत महिनामा निर्माण...










