समाचार
मकवानपुरको वनकरियाकी एक्ली उम्मेदवार
मकवानपुर । लोपोन्मुख वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया स्थानीय तह निर्वाचनमा वडा सदस्यको उम्मेदवार छिन् । यो समुदायबाट स्थानीय तहमा उम्मेदवार बन्ने उनी पहिलो र एकमात्र हुन् । ५८ वर्षीया सन्तमायालाई मकवानपुरको मनहरी गाउँपालिका–४ मा माओवादी केन्द्रले उठाएको हो । झन्डै अढाइ दशकअघिसम्म वनकरिया समुदाय जंगलमा फिरन्ते जीवन बिताउँथ्यो । त्यसपछि क्रमशः समुदायमा...
गठबन्धनको र्यालीमा प्रहरीको हस्तक्षेप,सहभागीको टि–सर्ट खोलेर सेन्डोमै पठायो
मकवानपुर । निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ७ मा गठबन्धनले आयोजना गरेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै हरियो टिसर्ट र ५ लिटर पेट्रोल बाडेर गठबन्धनले आज मोटरसाइकल र्यालिको आयोजना गरेको थियो । निर्वाचन आयोगले आचारसंहिता विपरीत दलहरुलाइ कुनैपनी कार्य गर्न निषेध गरेको थियो...
धारिलो हतियार प्रहारबाट मृत्यु
चितवन । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी...
चुनावको दिन बिहानैदेखि पानी पर्ने सम्भावना
काठमाडौँ । स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ । महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा विकसित भइरहेको ‘असानी’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भन्दै वर्षाको पूर्वानुमान गरेको हो । महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै सो दिन...
मौन अवधिमा के–के गर्नु हुँदैन ?
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ७२ घण्टा अगाडि अर्थात मंगलबार मध्य रातिदेखि मौन अवधि प्रारम्भ हुने भएको छ । निर्वाचन आयोगले आईतबार राति सार्वजनिक गरेको इ–बुलेटिनमा उल्लेख भए अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले...
गठबन्धनलाई भोट माग्ने पत्रकार सङ्गठनलाई आयोगको स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष...
निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने
काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले आज जारी गरेको सूचनामा सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक...
मकवानपुरको मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान
मकवानपुर । मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ । आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि...
एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान
काठमाडौं । सत्ता गठबन्धन निकट विभिन्न पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारका पक्षमा मत मागेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सानो भूलले फेरि देश द्वन्द्व र अस्थिरताको भुमरी जान सक्ने चेतावनी दिँदै संगठनहरुले गठबन्धनको पक्षमा मत मागेका हुन् । विज्ञप्तिमा भनिएको छ,...
‘निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु’
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र...









