गठबन्धनको र्यालीमा प्रहरीको हस्तक्षेप,सहभागीको टि–सर्ट खोलेर सेन्डोमै पठायो
मकवानपुर । निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ७ मा गठबन्धनले आयोजना गरेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै हरियो टिसर्ट र ५ लिटर पेट्रोल बाडेर गठबन्धनले आज मोटरसाइकल र्यालिको आयोजना गरेको थियो । निर्वाचन आयोगले आचारसंहिता विपरीत दलहरुलाइ कुनैपनी कार्य गर्न निषेध गरेको थियो ।
त्यसको विपरीत हेटौंडा ७ मा नेपाली काङ्ग्रेस नेतृत्वमा बनेको गठबन्धन दलले र्यालिमा सहभागी हुन आउने मोटरसाइकललाई ५ लिटर पेट्रोल र सबैलाई हरियो रङ्गको टिसर्ट बाडेको छ ।
गठबन्धनले गरेको कार्यक्रममा निर्वाचन आचारसंहिताको उल्लंघन भएको भनी उजुरी परेपछी प्रहरीले र्यालिमा हस्तक्षेप गरेको जनाएको छ । इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट आएको करिब ५० जनाको प्रहरी टोलिले र्यालिमा हस्तक्षेप गरि र्यालिमा सहभागीले लगाएको हरियो टिसर्ट खोल्न लगाएको छ । प्रहरीले टिसर्ट खोल्न लगाएपछी कतिपय युवाहरू ुसेन्डोु मै घुमेका थिए ।
सत्ता र शक्तिको आडमा गठबन्धन दलले पटकपटक आचारसंहिता उल्लंघन गर्दै आएको छ । मतदातालाई आफ्नो पक्षमा ल्याउन चुनाव प्रचारमा हिड्ने महिलाहरूलाई ‘साडि’ उपहार, मोटरसाइकल र्यालिमा ५ लिटर पेट्रोल बाड्ने हर्कत गर्दै आएको छ ।







