चुनावको दिन बिहानैदेखि पानी पर्ने सम्भावना

अखबार हब
२०७९ बैशाख २५, आईतवार २२:४७

काठमाडौँ । स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा विकसित भइरहेको ‘असानी’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भन्दै वर्षाको पूर्वानुमान गरेको हो ।

महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै सो दिन छाता लिएर मतदान केन्द्र जान आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार–पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणाालीको प्रभाव छ ।

विभागका अनुसार शुक्रबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन पनि निकालेको छ । विभागले बुधबारदेखि शनिबारसम्मको मौसम पूर्वानुमन निकालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*