मनहरीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

अखबार हब
२०७९ बैशाख २८, बुधबार १२:०३

मकवानपुर । मनहरी गाउँपालिका वडा नं.७ मा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ बर्षीय राजु प्रसाद रौनियार रहेका छन् ।

बुधबार विहान रौनियार आफ्नै तीन तल्ले घरको छतमाथिबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले घटनास्थलबाट शव परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*