सर्बोच्चले भन्यो–हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग पार्ने निर्णय कार्यान्वयन नगर्नु

अखबार हब
२०७९ बैशाख २८, बुधबार १६:१६

मकवानपुर । हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश गरेको छ ।

सर्बोच्चको संबैधानिक ईजलाशले यस्तो आदेश गरेको हो । न्यायिधश दिपक कुमार कार्कि, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्किको ईजलाशले प्रतिष्ठान बाट हेटौँडा अस्पताललाई अलग गर्नुको कारण सहित उपस्थीत हुन बागमती प्रदेश सरकारलाई आदेश दिएको छ । सरकारले अध्यादेश मार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो ।

मन्त्री परिषदको निर्णय उपर प्रतिष्ठानले सर्बोच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेको थियो । प्रचिलत संघीय कानुनसंग बाझिने गरि बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेको भन्दै रिट दायर भएको हो। अघिल्लो सरकारको गौरबका आयोजना निस्प्रभावी पार्दै आएको राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने नियत राखेर ऐन संसोधन गरेको भन्दै आलोचना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*