निर्वाचन प्रभावित पार्ने निजगढ नगरपालिकाको त्यो भिडियो सामाग्री  !

अखबार हब
२०७९ बैशाख २३, शुक्रबार ११:२४

मकवानपुर । निजगढ नगरपालिकाले निर्वाचनमा मतदातालाई प्रभावित पार्ने भिडियो सामाग्री सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नगरको निर्वतमान मेयर सुरेशकुमार खनाललाई सहयोग पुग्ने भिडियो सामग्री निजगढ नगरपालिकाको प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको निर्देशनमा नगरको वृत चित्र नगरपालिकाको आधिकारिक फेसबुक पेजमा शेयर गरेको हो । खनाल गठबन्धनको तर्फबाट निजगढ नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् ।

निर्वाचन आचरसंहिता विपरीत राखिएको उक्त भिडियो सामाग्री हटाउन नेकपा एमाले निजगढ नगर कमिटीले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता गरेको थियो ।

रुजुरीको आधारमा निर्वाचन अधिकृतको कार्यलयले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सार्वजनिक गरिएको उक्त भिडियो हटाउन निर्देशन दिएको छ ।

निर्वाचन अधिकृतको कार्यलयको निर्देशन पछि प्रमुख प्रशासकीय अधिकृत कार्कीले हाल उक्त भिडियो सामाजिक सञ्जालबाट हटाएका छन् ।

धेरै पहिल्यै तयार पारिएको तर सार्वजनिक नगरिएको वृत्तचित्र निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेज तथा प्रोफाइल दुवैबाट सार्वजनिक गरेर कार्यालयले निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*