मकवानपुरगढीमा खाना पकाउन लगेको १ बोरा चामल समातेर कांग्रेसको ‘स्टन्ट’
मकवानपुर । देशभर यतिबेला आसन्न स्थानीय तहको निर्वाचनले माहौल तातेको छ । गाउँगाउँमा राजनीतिक दलको चुनावी अभियान चलिरहेको छ ।
अभियानकै क्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ स्थित जनक स्कुल नजिक नेकपा एमालेको आज शुक्रबार घरदैलो कार्यक्रम पहिल्यै तय भएको थियो । घरदैलो हुने भनिएको ठाउँ डाँडामा पर्छ । फेदीबाट घरदैलो अभियान गर्दै डाँडामा पुगेपछि खाना पकाएर खाने तयारी पहिल्यै तयार भएको थियो ।
६ नम्बर वडाबाट माथि डाँडामा नियमित सवारीसाधन चल्दैन, अटोपनि चल्दैन् । पानी परेपछि मोटरसाइकल लैजान पनि कठिन हुन्छ । घरदैलो कार्यक्रममा सहभागीलाई खाना खुवाउन बिहीवार साँझ एमालेले डिआई गाडिमा एक बोरा चालम, नुन, तेल, प्याजलगायतका तरकारी लिएर गएको थियो । गाडिमा १ बोरा चालमसँगै टनेलमा हाल्ने प्लाष्टिकको एउटा पोको पनि थियो । तर, गाडिमा समान गएको देखेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले उक्त गाडि नियन्त्रणमा लिए ।
तर, कांग्रेसले सोही घटनालाई अतिरञ्जित बनाएर एमालेको बदनाम गराउन खोजेको आरोप लागेको छ । एमालेले वास्तविकतालाई लुकाएर चुनावी स्टन्टका रुपमा घटनालाई कांग्रेसले अतिरञ्जिन बनाएको आरोप लागाएको छ । स्थानीय दिपक तितुङले कांग्रेसले भने जस्तो मतदातालाई बाँड्न चामल नलगिएको स्पष्ट पारे ।
चामल बाँड्न लगेको हो भनेर प्रश्न गर्दा तितुङले मतदातालाई चामल नै बाँड्नु थियो त जम्मा एक बोरा मात्रै लिएर जान्छौं रु भन्दै प्रतिप्रश्न गरे । उनले ६ नम्बर वडामा एमालेलाई चुनाव जित्न चामल बाँड्न् पर्ने अवस्था नभएको प्रतिक्रिया दिए । ‘बाँड्नलाई एक बोरा मात्रै लैजाँदैन्, यो कुरा सामान्य मान्छेले पनि बुझ्छ । पार्टीको आज कार्यक्रम भएकोले सहभागीलाई खाना खुवाउन लगिएको थियो । अब हामीले खाना खानै नपाउने हो रु,’ तितुङले भने ।
गाडिमा भेटिएको भनिएको टनेल प्लाष्टिक पनि कृषि फर्मको नाममा गएको हो । प्लाष्टिकको पोकोमा मातृभुमि कृषि फर्म लेखिएको तितुङले बताए । ‘पहिल्यै दिइएको त्यो प्लाष्टिक ल्याउन गाडि नपाएर हिजो ल्याइएको थियो ।,’
राती उम्मेदवारको गाडिमा किन लगेको भनेर प्रश्न गर्दा तितुङले भने, ‘यहाँ नियमित गाडि चल्दैन् । ल्याउन पाइएको थिएन् । हामीलाई सहयोग गर्ने उम्मेदवार भेट्यो गाडी पठाइदिनु भयो ल्यायौं । दिउसो ल्याउन खोजेको उहाँहरु चुनावी अभियानमा हुनुहँदो रहेछ । यहाँ प्लाष्टिक नभएर तरकारी लगाउन स्थानीयले पाएका थिएनन् । राती भएपनि ल्याउन त पर्छ भनेर ल्याएका हौं । यस्तो घटना घट्यो ।,’
एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्री लम्सालले ६ नम्बर वडामा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसले तरकारी फलाउन लगेको टनेल प्लाष्टिक खोसेर प्रहरीकोमा बुझाउँदा जनताको अहितमा काम भएको बताए ।
कांग्रेसलाई उदण्डता नदेखाउन उनले सुझाए । कांग्रेसले जनताको हित गर्छु भनेर जनताले नै तरकारी फलाउन लगेको प्लाष्टिक खोसेर राम्रो काम नगरेको उनको भनाई छ । बिहीवार राती नै कांग्रेसका कार्यकर्ताहरुले गाडिसहित चामल र प्लाष्टिक प्रहरीको बुझाएका थिए ।
वडा अध्यक्षका उम्मेदवार टिका प्रसाद दाहालले प्रायोजित प्रचारलाई जनताले नपत्याउने बताए । उनले निर्वाचनमा आगो निभाउन आउने जनप्रतिनिधि आफू भएको भन्दै खरानी हेर्न आइपुग्नेहरुलाई नजिताउने भनेर जनताले भन्दै आएकोले आफ्नो जित निश्चित भएको बताए ।
एउटा किसानको प्लाष्टिक टनेल खोसेर कृषिमा परिवर्तन ल्याउन भन्दै हिँडेको कांग्रेसलाई जनताले नपत्याउने बताए । पञ्चेहरुले गोली ठोक्छु भन्दा नडराएको एमाले अहिले कसैसँग नडराउने बताए ।







