काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु

अखबार हब
२०७९ बैशाख २१, बुधबार १५:१२

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

दुर्घटनबारे थप विवरण आउने बाँकी रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*