पर्साको सखुवाप्रसौनीमा गोली चल्यो

अखबार हब
२०७९ बैशाख २२, बिहीबार २३:०६

पर्सा। पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*