उम्मेदवारको घर छेउँमा शंकास्पद वस्तु, बम हुनसक्ने आशंका

अखबार हब
२०७९ बैशाख २२, बिहीबार ०८:२३

मोरङ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् ।

बिहान झिसमिसेमा भैंसी दुहुन जाने क्रममा परिवारका सदस्यले शंकास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बेलबारीको टोली आएर सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*