समाचार

मिना लामाको अग्रता कायमै,पछ्याउँदै अनन्त

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा–२ सिद्धार्थ माविमा जारी मतगणनाको पछिल्लो ५९ हजार ६ सय ८० मत गणना गर्दा गठबन्धन तर्फको मेयर पदका उम्मेदवार मिना लामाले अग्रता कायम गरेकी छिन् । हेटौंडा उपमहानगरपालिका ५९,६८० मतगणना गर्दा मेयर सुर्य – १७,३०७ कलम – १८,५६६ हलो – १६,६०६...

मनहरीका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई बिहिवार निर्वाचन अधिकृतको कार्यलय मनहरीले आयोजना गरेको कार्यक्रममा प्रमाणपत्र वितरण तथा नवनिर्वाचि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्...

इन्द्रसरोवर बासीले गरेको विश्वासमा आघात पुर्याउने छैन – पुडासैनी

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले आफुलाई इन्द्रसरोवरबासीले गरेको विश्वासमा आघात पुग्न नदिने बताएका छन् । बुधवार नेकपा (एमाले) इन्द्रसरोवर–४ वडा कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै पुडासैनीले एमालेका जनप्रतिनिधिलाई जनताले दिएको मतको कदर गर्ने बताए । ‘जनताको विपक्षमा निर्णय गर्ने छैन, गाउँपालिका सुन्दर हुनेछ,...

देउवाले टिकट खोसे, जनताले मेयर बनाए

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रहलादकुमार क्षेत्री विजयी भएका छन् । प्रहलाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । त्यो पनि मनोनयन दर्ता गर्ने दिन । मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको...

के होला गठबन्धन ?

मकवानपुर । स्थानीय तह निर्वाचनको मतपरिणामसँगै राजनीतिक दलहरु बीचको नाफाघाटाको हिसाब चलिरहेको छ । कुन दल पहिलो बन्ने मात्रै होइन, अहिलेको परिणामले आगामी निर्वाचनमा को सँग तालमेल गर्ने भन्ने विषयमा पनि चर्चामा छ । बैशाख ३० मा मतदान सकिएर मुलुक स्थानीय तह निर्वाचनको मतपरिणाममा केन्द्रित भइरहेका बेला करिब पाँच...

हेटौंडा–८ मा एमालेको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा जारी हेटौंडा–८को २ हजार ३०० मत गणना गर्दा नेकपा (एमाले)को मेयरका उम्मेदवार अनन्त पौडेलको अग्रता रहेको छ । यस्ता ताजा मत परिणामः मेयरतर्फ सुर्य– ९३३ कलम–६२६ हलो–५६२ उप मेयरतर्फ सुर्य–१०३८ रुख–११०६ हलो–७७ वडाध्यक्षतर्फ सुर्य–१०७७ कलम–११५५

हेटौंडा–४ मा नवीन सिग्देलको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ को मतगणना जारी रहेको छ ।  ४ नंबर वडाको हालसम्म ३ हजार ६ सय ४२ मतगणना सम्पन्न भएको छ । जसमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार नवीन सिग्देलले आफ्नो अग्रता बढाईरहेका छन् । सिग्देलले १ हजार ५१० मत पाउँदै अग्रता कायम राख्दा गठबन्धनबाट...

मनहरीमा गठबन्धन भारी मतअन्तरले विजयी

मकवानपुर । मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार भारी मत अन्तरले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षका सुजिता थिङ्गलाई भारी मतले पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएको हो । गठबन्धनबाट काँग्रेसको अध्यक्षका उम्मेदवार रञ्जन कालाखेती एमालेका उम्मेदवार एकराज उप्रेतीलाई ४ हजार ३ सय...

धरानको मतगणनास्थलमा सेना परिचालन, गणना रोकियो

इटहरी । धरान उपमहानगरपालिकाको मतगणनाको क्रममा विवाद बढेपछि गणनास्थलमा नेपाली सेना परिचालन गरिएको छ । वडा नम्बर २० को गणना गर्ने क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको थियो । नेकपा माओवादी केन्द्रले जनताको मतको अवमूल्यन गरेको भन्दै मतदान अधिकृतले नियतवस लापरवाही गरेको आरोप लगाएको छ ।...

मनहरीको मतगणना स्थगित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सुचना नभएसम्मका लागी स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटिकालाई कपडाले नबेरेको बिषयलाई लिएर बिबाद भएपछी निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सुचना जारी नभए सम्मको लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो । मतपेटिका कपडाले नछोपिएको...