इन्द्रसरोवर बासीले गरेको विश्वासमा आघात पुर्याउने छैन – पुडासैनी

अखबार हब
२०७९ जेष्ठ ५, बिहीबार २२:५७

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले आफुलाई इन्द्रसरोवरबासीले गरेको विश्वासमा आघात पुग्न नदिने बताएका छन् ।

बुधवार नेकपा (एमाले) इन्द्रसरोवर–४ वडा कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै पुडासैनीले एमालेका जनप्रतिनिधिलाई जनताले दिएको मतको कदर गर्ने बताए ।

‘जनताको विपक्षमा निर्णय गर्ने छैन, गाउँपालिका सुन्दर हुनेछ, त्यहाँ आउँदा सबैको सम्मान हुनेछ’,‘एमालेलाई मत दिएर राम्रो गरेछु भन्ने गाउँपालिका बनाउँने छु’–उनले भने ।

इन्द्रसरोवर शिक्षाको क्षेत्रमा कमजोर रहेको बताउँदै शिक्षाको स्तर उन्नतीमा आफ्नो टीमले काम गर्ने उनले बताए । गुणस्तर शिक्षा आफ्नो मुख्य प्राथमिकता रहेको र यस क्षेत्रलाई पहिलो नजरमा राखेर काम गर्ने उनको भनाई छ ।

पालिकाको ५ वटै वडामा रहेका प्राथामिक स्वास्थ्य चौकीको गुणस्तर बृद्धि गरी हाल रहेको कोभिड अस्पताललाई १५ शैयाको अस्पतालको रुपमा विकास गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

खानेपानीको सहज पहुँचको लागि एक घर एक धारको अभियान सुरु गरी गाउँबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उनले बताए । प्राकृतिक सुन्दरताले भरिएको इन्द्रसरोवरलाई आगामी कार्यकालमा पर्यटकीय हबको रुपमा विकास गरिने समेत उनले सुनाए ।

एमाले इन्द्रसरोवर गाउँपालिका कमिटी सचिवालय सदस्य तथा वडा नम्बर–४ का इन्चार्ज फुर्वा लामाको सभाध्यक्षतामा भएको कार्यक्रमा संविधान सभा सदस्य सुवास चन्द्र ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । एमाले बागमती प्रदेश सम्पर्क सञ्चका अध्यक्ष अशोक सिं ठकुरीको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रमा मकवानपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुशिला मोक्तान, नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, प्रदेश खेलकुद कमिटी सदस्य रत्न थापा, एमाले इन्द्रसरोवर गाउँकमिटीका सचिव धनवीर स्याङ्तान, अनेम संघ इन्द्रसरोवर गाउँपालिका(ख) इन्चार्ज ज्ञानी लामा लगायत नव निर्वाचित जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*