समाचार
राक्सिराङ गाउँपालिकामा गठवन्धन विजयी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मतसहित विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे । उपाध्यक्षमा...
मनहरी ७ मा काँग्रेसका उम्मेदवार तितुङको शानदार जीत
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा काँग्रेसका उम्मेदवार ठाकुर तितुङको शानदार विजयी भएको छ । आज सम्पन्न मत परिणाम अनुसार तितुङ ६ सय ६८ को मत अन्तरले नेकपा एमालेका उम्मेदवार नारायण घिसिङलाई पराजीत गरेका हुन् । तितुङले १ हजार ४ सय ८९ मत प्राप्त गरे...
बकैया–७ का निर्वतमान वडाअध्यक्ष लामिछानेको लज्जास्पद हार
मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको मतगणना जारी छ । जसअन्तरगत बकैया –७ को मतपरिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार बकैया–७ का निर्वतमान वडा अध्यक्ष राम काजी लामिछानेले लज्जास्पद हार बेहोरेका छन् । उनले नेकपा एमालेबाट वडा अध्यक्षमा टिकट नपाएपछि नेकपा (एकीकृत समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनले...
हेटौंडा १८ को अध्यक्षमा एमालेका बानियाँ विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हेटौंडा २ स्थित सिद्धार्थ माविमा जारी मतगणनाको नतिजा अनुसार हेटौंडा १८ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । मध्य रातमा सम्पन्न मतगणनाको परिणाम अनुसर एमालेका अनिल बानियाँसहित तीन सदस्य र गठबन्धनबाट दुई सदस्य निर्वाचित भएको हो ।
मनहरीमा काँग्रेसका उम्मेदवार कालाखेतीको अग्रता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । हाल सम्मको मत परिणाम अनुसर गठबन्धन तर्फका काँग्रेसका अध्यक्ष पदका उम्मेदवार भारी मतका साथ अग्र स्थानमा रहेका छन् । हाल सम्म गणना भएको वडा नम्बर १ देखी ५ सम्मको मतपरिणाम अनुसार कालाखेती ४ हजार ६ सय ३४ मत प्राप्त...
मतपत्र च्यात्ने ढुङ्गाना प्रहरी नियन्त्रणमा
मकवानपुर । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडानम्बर ३ को वडाअध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका हुन् । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस...
कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख बानियाँ प्रहरी खोरमा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख शैलेन्द्रराज बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार (बिहान) करिब ३ बजेको समयमा बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित मतगणना स्थलमा अनाधिकृत रुपमा प्रवेश गरेका बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।...
कैलाशको अध्यक्षमा गठबन्धनका मुक्तान विजयी
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न मतगणना अनुसार, कैलाशको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तानसहित प्यानलनै निर्वाचित भएको हो । मोक्तानले ४ हजार ८९७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत प्राप्त...
२ सय मत गन्दा निजगढ ७ मा एमाले अगाडी
बारा । निजगढ नगरपालिकाको मतगणना जारी रहेको छ । निजगढ ७ नम्बर वडाको प्रारम्भीक २ सय मत गन्दा नेकपा एमाले अघि बेढेको हो । एमालेको वडा अध्यक्षका उम्मेदवार टेकबहादुर लामा १ सय १ मतसहित अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका सुमन लामा ८३ मतका साथ दोस्रो स्थानमा छन् ।...
हेटौंडामा थपिदै चार मतगणना स्थल
मकवानपुर । मत गणनामा ढिलाई हुदा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा चार वटा मतगणना स्थल थप्ने तयारी भएको मुख्यम निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए । थप चार मनगणना स्थलमा गणना गर्नका लागि तारजाली...










