बकैया–७ का निर्वतमान वडाअध्यक्ष लामिछानेको लज्जास्पद हार

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १२:०६

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको मतगणना जारी छ । जसअन्तरगत बकैया –७ को मतपरिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार बकैया–७ का निर्वतमान वडा अध्यक्ष राम काजी लामिछानेले लज्जास्पद हार बेहोरेका छन् ।

उनले नेकपा एमालेबाट वडा अध्यक्षमा टिकट नपाएपछि नेकपा (एकीकृत समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनले वडाभर बाट जम्मा ६ मत मात्र प्राप्त गर्न सफल भए ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा उनले एमालेबाट ६४६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका थिए । यसपटकको निर्वाचनमा भने बकैया–७ मा नेकपा माओवादी केन्द्रका मान बहादुर सिंतान विजयी भएका छन् ।

मतपरिणाम अनुसार सिंतान ९८६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पोस बहादुर घिमिरेले ८२९ मत ल्याए । यसैगरि,नेकपा एमालेका उम्मेदवर पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत ल्याउँदा राप्रपाका जित लाल भोम्जनले ८० मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published.


*